Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ओलीद्वारा एमाले महाधिवेशन मंसिर २७–२९ मा पोखरामा प्रस्तावित

ओलीद्वारा एमाले महाधिवेशन मंसिर २७–२९ मा पोखरामा प्रस्तावित

काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन्।

आज बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले उक्त मिति र स्थान प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावलाई केन्द्रीय कमिटीले औपचारिक रूपमै अनुमोदन गर्ने बताइएको छ।

महाधिवेशन पार्टीको नेतृत्व, नीति, र संगठनात्मक रूपरेखा पुनःनिर्धारण गर्ने मुख्य राजनीतिक प्रक्रियाका रूपमा लिइन्छ। हालको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै एमालेले महाधिवेशनलाई निर्णायक बनाउने तयारी गरेको छ।