Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विजयले खोले ‘वरिष्ठ बलराम’को रहस्य ,विजय बले कि बलराम ?

विजयले खोले ‘वरिष्ठ बलराम’को रहस्य ,विजय बले कि बलराम ?

काठमाडौं, कात्तिक ६ गते भाइटीकाका दिन चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली सिने बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो चलचित्रमा कस्ता देखिनेछन ?

‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय यो चलचित्रमा योङ एन्ड इनजेटिक पात्रमा देखिनेछन । जहाँ उनले समाजमा वरिष्टको छवि बनाएर बसेको व्यक्तिलाई चुनौती दिन्छन । राज्य प्रशासन समेत आफ्नो मुठ्ठीमा लिएर बसेको दयाहाङको पात्रलाई ठेगान लगाउने भन्दै हिँड्ने उनको क्यारेक्टर छ ।

एकातिर धर्म बाउआमाप्रतिको दायित्व, अर्कातिर युवतीसँगको अफेयर अनि मुख्य कुरा खोलामा रहेको वरिष्ठको एकाधिरकार तोड्ने प्रयासमा रहेको चरित्रमा विजयलाई ‘वरिष्ठ बलराम’मा देखिनेछ ।वरिष्ठको भूमिकामा दयाहाङ हुँदा विजय बलेको क्यारेक्टरमा छन । उनी बले नै रहन्छन वा बलराम बन्छन्, त्यो भने हालसम्म निर्माणपक्षले प्रष्ट पारेको छैन । तर, वरिष्ठसँग कुम जुधाएका छन । त्यसैले यी दुई पात्रबीचको द्वन्द्वले चलचित्रलाई उत्कृष्ठ बनाएको विश्वास दर्शकमा छ ।

“जसरी पूर्णेको क्यारेक्टर हिट भयो । दर्शकले रुचाइदिनुभयो त्यस्तै हिट नहोला बलेको क्यारेक्टर भन्ने पनि लाग्छ । तर, सजिलो भने पक्कै छैन,” विजय भन्छन्, “जसरी पूर्णे र बिकेको क्यारेक्टर हिट भएर दर्शकले चिन्नुभयो । त्यसरी दर्शकको दिमागमा बसेको छविलाई भत्याएर अर्को सेट गर्न सहज भने छैन । तर, कहिलेकाँही सिम्पल कुरा नै हिट हुन्छ ।” अनुभवी कलाकार र निर्माण टिम रहेकाले ‘वरिष्ठ बलराम’ले दर्शकलाई निराश नबनाउने धेरैले विश्वास गरेका छन ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी ९पीके० लगायत कलाकारको अभिनय छ ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन । लाइन प्रोडुसरमा राम विष्ट छन ।मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।