Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकामा ट्रम्पको शासनलाई चुनौती दिँदै निर्वाचित मेयर पुगे नेपाली रेस्टुरेन्ट, खाए मम र दूध चिया

अमेरिकामा ट्रम्पको शासनलाई चुनौती दिँदै निर्वाचित मेयर पुगे नेपाली रेस्टुरेन्ट, खाए मम र दूध चिया

काठमाडौं । विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका जोहरन ममदानी म:म खान नेपाली रेस्टुरेन्टमा पुगेका छन् ।

मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेस्टुरेन्टमा ‘लञ्च’ का लागि पुगेका हुन् । ३४ वर्षीय ममदानीले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमा साझा गरेका छन् । तस्बिरहरुमा उनले म:म लगायतका परिकार खाएको देखिन्छ ।

‘मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो,’ उनले लेखेका छन्, ‘तर, मेरा सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो ।’

उनले त्यहाँ पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बन्न सफल ममदानीलाई निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हराउन भरपूर प्रयास गरेका थिए । तर ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् ।

जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्। उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।

ZohranK-Mamdani-MoMo-2.jpg