Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

निर्माण व्यवसायीको लापरवाहीले रोकिएको चिदीचौर खेल मैदानको काम पुनः सुरु

निर्माण व्यवसायीको लापरवाहीले रोकिएको चिदीचौर खेल मैदानको काम पुनः सुरु

गुल्मी । निर्माण व्यवसायीको लापरवाहीँका कारण रोकिएको चिदीचौर खेल मैदानको काम पुनः सुरु भएको छ । गुल्मी जिल्लाको सदरमुकाम स्थित रहेको चिदीचौर खेल मैदानको काम केहीँ समय रोकिएको थियो । खेल मैदानको काम रोकिएको भन्दै तिब्र आलोचना  भइरहेका बेला काम सुरु भएको हो । रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले खेल मैदानको काम अघि बढाउन भनेपनि निर्माण कम्पनी रामेछाप कन्ट्रक्सन काठमाडौंले विभिन्न बहाना देखाउँदै काम ठप्प पारेको थियो। खेल मैदान अलपत्र परेपछि विभिन्न जिल्लास्तरीय प्रतियोगिताहरु समेत रोकिएका थिए ।

उक्त खेल मैदानमा जिल्लास्तरीय प्रतियोगिताहरु फुटबल, क्रिकेट र भलिबल खेल हुनुका साथै अन्य कार्यक्रमहरु सञ्चालन हुने गर्छन।  रेसुंगा नगरपालिकाले चिदीचौर खेलमैदानलाई दूबो रोपेर व्यवस्थित बनाउनका लागि बहुवर्षीय ठेक्काका रूपमा लुम्बिनी प्रदेश सरकारबाट बजेट सुनिश्चत गरेको थियो ।  

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत चिदीचौर खेलमैदान व्यवस्थित गर्नका लागि एक करोड रुपैयाँ लागतमा गत वैशाख अन्तिम साता रामेछाप कन्ट्रक्सन काठमाडौंले निर्माणको जिम्मा पाएको थियो । कम्पनीले २०८३ सालको असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।  रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पटक पटकको पहलपछि चिदीचौर खेल मैदान सौन्दर्यीकरणको काम अगाडि बढेको जनाएका छन ।