Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

हङकङ सुपर सिक्सेस : यूएईसँग हार्‍यो नेपाल

हङकङ सुपर सिक्सेस : यूएईसँग हार्‍यो नेपाल

काठमाडौँ- हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ।

यूएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। नेपालका लागि आदिल आलामले ३२ रन बनाए। सन्दीप जोराले नटआउट ३१ रन जोडे। नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको थियो। चुनौतीपूर्ण लक्ष्य बनाएके यूएईका लागि निलांश केसवानीले १० बलमा अर्धशतक हिर्काए। उनले १५ बल खेल्दा १० छक्का र तीन चौकाको मद्दतमा ७३ रन बनाएका थिए।

नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए।

हङकङ सिक्सेमा पाँच खेल खेलेको नेपालले एउटा मात्र जित निकालेको छ। शनिबार भारतलाई हराएको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।