Shares
Shares
काठमाडौँ । (एनपीएल) को पूर्वसन्ध्यामा टेलिभिजनमा प्रत्यक्ष प्रसारण अधिकारका विषयमा पटक–पटक मापदण्ड परिवर्तन गरेको छ । मापदण्ड परिवर्तन गर्दै बोलपत्र पेस गर्ने म्याद थप्दै लगिएकामा टेलिभिजन प्रसारकहरूले विरोध गरेका छन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरू हुँदैछ। आठ टोलीले भाग लिने यो प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने नेपाली टेलिभिजनको टुंगो भने प्रतियोगिता सुरु हुनु दुई दिनअघि अर्थात् कात्तिक २९ गते मात्र लाग्ने भएको छ।
यसअघि एक्लुसिभ प्रशारण अधिकार दिने गरी क्यानले टेन्डर आह्वान गरेको थियो। तर उक्त टेन्डर विपरित नन–एक्लुसिभ अधिकार मात्र दिने भनिए पछि कतिपय नेपाली टेलिभिजनले विरोध गरेका थिए। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरू हुँदैछ। आठ टोलीले भाग लिने यो प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने नेपाली टेलिभिजनको टुंगो भने प्रतियोगिता सुरु हुनु दुई दिनअघि अर्थात् कात्तिक २९ गते मात्र लाग्ने भएको छ।
यसअघि एक्लुसिभ प्रशारण अधिकार दिने गरी क्यानले टेन्डर आह्वान गरेको थियो। तर उक्त टेन्डर विपरित नन–एक्लुसिभ अधिकार मात्र दिने भनिए पछि कतिपय नेपाली टेलिभिजनले विरोध गरेका थिए। नेपाली टेलिभिजनका लागि यसअघि सार्वजनिक गरिएको दस्तावेजको २ (ए १) बुँदामा ‘एक्स्क्लुसिभ ब्रोडकास्टिङ राइट्स– लिनियर टेलिभिजन) सम्बन्धी व्यवस्था थियो । त्यसमा प्रस्ट भनिएको छ, ‘अधिकार प्राप्त गर्ने प्रसारकले एनपीएलको सम्पूर्ण अवधिका लागि प्रत्यक्ष प्रसारण, हाइलाइट्स र क्यानले अनुमति दिएका अन्य सम्बन्धित सामग्री नेपालको सिमानाभित्र टेलिभिजनबाट प्रसारण गर्न ‘एक्स्क्लुसिभ राइट’ पाउनेछ ।’ तर प्रस्ताव खोल्नुअघि क्यानले नेपाली टेलिभिजनले त्यस्तो ‘एक्स्क्लुसिभ’ अधिकार नपाउने सर्त अघि सारेको छ ।
भारतीय टेलिभिजन च्यानल स्टार स्पोट्स प्रसारणको ‘एक्स्क्लुसिभ’ अधिकार पाइसकेको हुनाले नेपाली टेलिभिजनलाई ‘एक्सक्लुसिभ’ अधिकार दिन नमिल्ने भनी टेन्डरमा मापदण्ड परिवर्तन गरिएको छ । टेन्डर पेस गर्ने दुई घण्टाअघि मात्रै मापदण्ड हेरफेरको सूचना पठाइएकामा नेपाली टेलिभिजन सञ्चालकले विरोध गरेका छन् । त्यसपछि यसअघिको टेन्डर रद्द गरेर नयाँ टेन्डर आह्वान गरी शनिबार दिउँसो १ बजे खोल्ने गरी अर्को मिति तय भएको छ । न्तर्राष्ट्रिय खेलाडीसँग गरिएको प्रतिबद्धता र फ्रेञ्चाइज टोलीले चाहेको ब्रान्ड भ्यालूका लागि स्टार स्पोट्र्सबाट पनि खेल देखाउनु पर्ने बाध्यता रहेको क्यानका एक पदाधिकारीले बताए। यता यसपटक युट्युबबाट भने एनपिएल लाइभ हुनेछैन।
त्यसका लागि क्यानले पैसा तिरेर मोबाइल एपबाट हेर्ने व्यवस्था गर्नेछ। यसैसन्दर्भमा यता संशोधन गरिएको टेन्डरमा पाँच वर्षमा कम्तिमा एक अन्तर्राष्ट्रिय खेल प्रशारण गरेको हुनुपर्ने प्रावधान हटाएर अन्तर्राष्ट्रिय वा घरेलु प्रतियोगिता प्रशारण गरिएको हुनु पर्ने राखिएको छ। यस्तै नेपालभर एक्लुसिभ हटाएर नन–एक्लुसिभ अधिकार मात्र हुने पनि संशोधन गरिएको छ। नयाँ सूचनाअनुसार एक करोड रुपैयाँभन्दा माथिको टेन्डर हुनेछ।
नेपाली टेलिभिजनको टुंगो शुनिबार मात्र लाग्ने भए पनि अरू देशका लागि भारतीय च्यानल स्टार स्पोट्र्सलाई अधिकार दिइएको छ। यो भने टेन्डर नभइ क्यानले अघिल्लो संस्करण झैं पैसा तिरेर एनपिएल स्टार स्पोट्र्सबाट देखाउन लागेको हो।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209