Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

यसबर्षको एनपीएलको तयारी पूरा,राति पनि खेलहरु हुने

यसबर्षको एनपीएलको तयारी पूरा,राति पनि खेलहरु हुने

मंसिर १ गते सोमवारदेखि शुरु हुने सुरु हुदै छ नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण । जसको  तयारी पूरा भएको छ । यस संस्करणमा राति पनि खेलहरु हुने भएपछि थप रौनक छाएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।

 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ। १५ करोड ३० लाख प्रयोजकबाट, ९ करोड सहभागी टिमहरूबाट, ओटिटीबाट पाँच करोड ३० लाख र टिकटबाट आठ देखि १२ करोडसम्म उठ्ने अनुमान छ। एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलमा १५ करोड ३० करोड प्रायोजकबाट आउने अपेक्षा रहेको बताए ।संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम रहनेछ ।’ एनपीएलमा सहभागी टोलीहरू विश्व क्रिकेटमा नाम चलेका खेलाडीलाई अनुबन्ध गर्दै दोस्रो सिजनलाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने कोसिसमा छन्। एनपीएलको मिति नजिकिँदै गर्दा विदेशी खेलाडी आउने क्रम जारी छ। एनपीएलको दोस्रो सिजनमा विश्व क्रिकेटमा तहल्का मच्चाएका देखि इन्डियन प्रिमियर लिग (आईपीएल) मा उपाधि उचालिसकेका खेलाडीले कीर्तिपुरको मैदानमा जादु देखाउनेछन्।

नाम चलेका विदेशी खेलाडीको आमगनले नेपाली क्रिकेट समर्थकमा पनि उत्साहको सञ्चार भएको छ। पर्सि मंसिर १ गते सोमवारदेखि शुरु हुने दोश्रो संस्करणको एनपीएलको उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच हुनेछ । अहिले एनपीएल खेल्ने टोलीहरुले विदेशी खेलाडी सम्मिलित अन्तिम चरणको अभ्यास गरिरहेका छन् । यता नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आउँदो मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरेको हो । उद्घाटन तथा शनिवारको खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ । अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ ।

साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ । टिकट बिक्री खल्ती र आईएमई एपमार्फत हुने क्यानले निकालेको विज्ञप्तिमा भनिएको छ ।