काठमाडौँ । डा. भीम रावलले जेनजी आन्दोलनमा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारे जिम्मेवार हुनुपर्ने बताएका हुन्।
संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले बताए । उनले भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको बताए। उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठुलो क्षति भएको आशङ्का गरे।