Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिहार चुनावमा सबैभन्दा कम र धेरै मत ल्याएर जित्ने उम्मेदवारहरू

बिहार चुनावमा सबैभन्दा कम र धेरै मत ल्याएर जित्ने उम्मेदवारहरू

काठमाडौँ ।  बिहार विधानसभा चुनावमा कलाधर प्रसाद मण्डलले सबैभन्दा धेरै मत ल्याएर जिते भने राधा चरण साह सबैभन्दा कम मत ल्याएर विजयी भए। 

रुपौली सिटबाट जेडीयूका कलाधरप्रसाद मण्डलले कुल १२४,८२६ मत प्राप्त गरे। उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी बिमा भारतीलाई ७३,५७२ मतले हराए। 

आरजेडीको टिकटमा चुनाव लडेका बिमा भारतीले ५१,२५४ मत प्राप्त गरे।

सन्देश सिटबाट जेडीयूका राधा चरण साहले सबैभन्दा कम मत अन्तरले जिते। साहले आरजेडीका दीपु सिंहलाई मात्र २७ मतको अन्तरले हराए।

राधा चरण साहले ८०,५९८ मत प्राप्त गरे भने दीपु सिंहले ८०,५७१ मत पाए। 

रामगढबाट बसपाको टिकटमा चुनाव लडेका सतीशकुमार सिंह यादवले पनि झिनो अन्तरले जिते। उनले भाजपाका अशोक कुमार सिंहलाई मात्र ३० मतले हराए। 

सतीश कुमारले ७२,६८९ मत प्राप्त गरे भने अशोक कुमारले ७२,६५९ मत प्राप्त गरे। बिहार चुनावमा बीएसपीले जितेको रामगढ एक मात्र सिट हो।