Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ओली,देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन,दीपक खड्कामाथि थप अनुसन्धान

ओली,देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन,दीपक खड्कामाथि थप अनुसन्धान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ओली,देउवा,प्रचण्ड र दिपक खड्काको सम्पत्ति छानबिन गर्न निर्देशन दिएकी छिन । कार्कीले फरेन्सिक रिपोर्टका आधारमा सम्पत्तिमाथि थप छानबिन गर्न विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई निर्देशन दिएको खुलेको हो । शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति छानबिन गर्ने बाटो खुला भएको छ ।

देउवा र प्रचण्डको घरमा जलेको अवस्थामा भेटिएको नोटको परीक्षण  गरिएको छ । यो सँगै उनीहरु माथि अनुसन्धान गर्ने बाटो खुला भएको हो । भदौँको २३ र २४ गते भएको जेन जी आन्दोदलनमा उनीहरुको निवासमा आगजनी भएको थियो । आगजनीमा पैसा जलेको भन्दै छानबिनका लागि आवाज उठेको थियो ।

देउवा,प्रचण्ड सँगै दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान अघि बढाउने बाटो खुला भएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। देउवा, दाहाल र खड्काको घरमा विभागको टोली पुगेर मुचुल्का गरिसकेकाले थप अनुसन्धानको प्रक्रिया अघि बढाउन लागिएको हो।

विभागका अनुसार प्रश्नहरू तयार गर्ने र आम्दानीका स्रोतहरू पहिचान गर्ने काममा लागेका कारण आरोपितहरूलाई बयानका लागि बोलाउन भने ढिलाइ देखिएपनि उनीमाथि भने छानबिन हुने भएको हो । उनीहरूको घरको खरानी रहेको अवशेषहरूमा नेपाली र विदेशी मुद्रा भएको पुष्टि भएपछि विभाग थप छानबिनका लागि अघि बढेको हो। भ्रष्टाचार, राजस्व छली आदि गैरकानुनी कार्यबाट आर्जित सम्पत्तिबारे विभागले तीन नेताको सम्पत्तिमा छानबिन गरिरहेको छ।

 देउवा, दाहाल र खड्काको सम्पत्ति छानबिन गर्ने बाटो खुला भएपछि विभागले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको छ। सरकारले संदिग्ध भनिएका घरहरूमा सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले खरानी संकलन गरी चेकजाँचका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो।  त्यसको रिपोर्ट केही दिन अघि मात्रै आएको थियो। विभाग र सिआइबीको टोली पुगेर तीन दलका शीर्ष नेता र निवर्तमान सांसद खड्काको घरमा पुगेर मुचुल्का उठाएको थियो।

देउवा, दाहाल र खड्काको घरमा देखिएको, भेटिएको नोटको फरेन्सिक चेकजाँचको रिपोर्ट आएपछि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाललाई समेत ब्रिफिङ गरिसकेर विभागले आफ्नो काम गरिरहेको जनाएको छ। विभागको यो रिपोर्टपछि सम्पत्ति शुद्धीकरणमा सभापति देउवा तथा उनकी पत्नी आरजु राणा देउवा, दाहाल र खड्कामाथि अनुसन्धान गर्ने बाटो खुलेको हो।