Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा, उपाधि भिडन्त भारतसँग

नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा, उपाधि भिडन्त भारतसँग

ललितपुर- नेपाल प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। 

पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाली दृष्टिविहीन महिला टिम विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो।

सेमिफाइनलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि सर्वाधिक ४६ रन कप्तान विनिता पुनले जोडिन्। सुष्मा तामाङले ३६ रनको योगदान दिँदा मनकेसी चौधरीले १७ रन तथा सरिता घिमीरेले अविजित १९ रन बनाइन्। विनिता सोमाई ६ रनमा रन आउट भइन्। 

यसअघि पाकिस्तानकी मेरीन अलिको अविजित ५५ रन र वुस्रा अस्राफको ४८ रनको मद्दतमा पाकिस्तानले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। 

नेपालले अब उपाधिका लागि भारतसँग आइतवार खेल्नेछ। पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरिसकेको छ। 

फाइनल खेल श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा आइतवार हुनेछ।