Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

'परान'ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल

'परान'ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल

काठमाडौँ । यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।


फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका मोति कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले परानप्रति देखाएको चासो प्रसंशा योग्य छ । नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ।

कार्कीका अनुसार ‘परान’ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ । साथै ३० भन्दा बढी शोसहित अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार अस्ट्रेलियाको पहिलो चारदिनको बक्स अफिसको कलेक्सनका आधारमा 'परान' छैंठौं स्थानमा परेको छ । अस्ट्रेलियामा 'परान' बलिउड र हलिउड फिल्महरुका बिचमा प्रदर्शन भइरहेको छ । यसरी हेर्दा 'परान'ले अस्ट्रेलियाको बक्स अफिसमा यो साता पार गर्दैगर्दा १ लाख अस्ट्रेलियन डलरको आम्दानी पार गर्ने आंकलन गरिएको छ ।

नेपालको बक्स अफिसमा फिल्मको कमाइ हालसम्म १४ करोड नाघेको छ । चौथो शनिबारसम्म फिल्मले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ। फिल्मले चौथो शनिबार पनि १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो। फिल्म कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। रिलिजअघि फिल्मलाई उच्च व्यापार गर्न सक्ने फिल्मका रूपमा हेरिएको थिएन।

दिपक प्रसाद आचार्य निर्देशीत 'परान'मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रबिण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।