काठमाडौँ । एमाले नेता महेश बस्नेतको विरोध गरेको भन्दै धनगढीमा जेन जीहरु माथि आक्रमण भएको छ । बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेन–जीमाथि एमले कार्यकर्ताहरुले कुटपिट गरेका हुन् ।
बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लैजाने क्रममा जेन–जी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए । जेन–जीको प्रदर्शनस्थलमा मोटरसाइकल र्याली रोकेर एमालेनिकट युवा संघका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । आक्रमणमा पर्दा केहीँ जेन जीहरु समेत घाईते भएका छन ।