Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टीको घोषणा सभामा भक्कानिएपछि...

सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टीको घोषणा सभामा भक्कानिएपछि...

काठमाडौँ । पुर्वमन्त्री सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टीको घोषणा सभामा भक्कानिएकी छिन् । श्रेष्ठले भदौँको २३ र २४ गते भएको जेन जी आन्दोलनलाई सम्झदैँ भक्कानिएकी हुन् । उनी बोल्दै गर्दा भक्कानिएपछि गला समेत अवरुद्ध भएको थियो । गला नै अवरुद्ध भएपछि उनले पानी मगाएर पिइन् र पुन बोल्न सुरु गरिन् बोल्दै गर्दा श्रेष्ठका आँखामा आँशु देखिन्थ्यो । 

उनले भनेकी छिन्,“सत्ताधारीहरुले स्कुल ड्रेसमा भएका भाईबहिनीलाई आक्रमण गरे,त्यसपछि २४ गते उत्पत्ति भएको हो,२ दिनमा युवा पुस्ताले जे गरेर देखाए त्यो कुरा कल्पना पनि गर्न सक्दैनौँ।”

उनले भदौँको २३ र २४ गतेको मुल मुद्धालाई अंगीकार गर्न समेत आग्रह गरेकी छिन् । उनले भ्रष्टाचार,नातावाद र कृपावादको अन्त्य हुनुपर्ने समेत बताएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमना यतिबेला वैकल्पिक शक्तिहरुलाई एक गराउँन लागि परेकी हुन् । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आज घोषण सभा आयोजना गरेको थियो ।