Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आरजु,रमेश,दुर्गाँ र बालकृष्ण सहित १० जनालाई ज्यान मार्ने धम्की,प्रहरीद्धारा सुरक्षा व्यवस्था कडा

आरजु,रमेश,दुर्गाँ र बालकृष्ण सहित १० जनालाई ज्यान मार्ने धम्की,प्रहरीद्धारा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । पुर्वमन्त्री आरजु राणा देउवा,रमेश लेखक अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई लगायत १० जना व्यक्तिहरुलाई ज्यान मार्ने धम्की आएको छ ।  एक समूहले १० जना विशिष्ट व्यक्तिहरुलाई ज्यान मार्नेसम्मको धम्की दिएको खुल्न आएको हो ।

ज्यानमार्ने धम्की दिएको खबर सँगै प्रहरीले उनीहरूको सुरक्षा व्यवस्था कडा पार्न मातहतका सर्कुलर जारी गरेको खबर प्राप्त भएको छ । लालीगुँरास डटकम सँगको संवादका क्रममा काठमाडौँ जिल्ला प्रहरी प्रबक्ता पवन भट्टराईले ज्यान मार्ने धम्की आएसँगै सुरक्षा व्यवस्था मजबुद पारिएको जनाएका छन् । उनले भनेका छन्,“ज्यान मार्ने धम्की आएसँगै सुरक्षा व्यवस्था कडा पारेका छौँ,केहीँ दिनदेखि निरन्तर धम्की आइरहेकाले सुरक्षा कडा पार्न सर्कुलर जारी छ ।” यस्तै उनले आफुहरुलाई सुचना आएकाले अलर्टमा बसेको जनाउँदै सुरक्षा कायम गर्न मातहतका प्रहरीलाई आग्रह गरेको पनि जनाएका छन् ।

उनले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै निगरानी बढाएको उल्लेख गरेका छन  । केहीँदिन अगाडी १० जना विशिष्ट व्यक्तिहरूको नामै तोकेर ज्यान मार्ने धम्की दिएको  समाचार प्रकासित भएपछि प्रहरी हाई अर्लटमा रहेको भट्टराईले जानकारी दिएका छन ।

ज्यान मार्ने धम्की दिइएका १० जना विशिष्ट व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई, पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपाल बहादुर खड्का, पूर्व मन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड र आरजु राणा देउवा पूर्व प्रहरी महानिरीक्षकहरू ओम विक्रम राणा, हेम बहादुर गुरुङ र रमेश चन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं रहेका छन्।