Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आइजीपी कार्की फाटेको झोला सिलाई दिएका भोटे दमाई दाई सँग भेट्दा आँशु नै झारेपछि...

आइजीपी कार्की फाटेको झोला सिलाई दिएका भोटे दमाई दाई सँग भेट्दा आँशु नै झारेपछि...

काठमाडौँ । आइजीपी दान बहादुर कार्की गुल्मी पुगेर फाटेको झोला सिलाई दिएका भोटे दमाई सँग भेट गरेका छन् । सुरुमा काठमाडौँ छिर्ने क्रममा फाटेको झोला सिलाई दिएर आशीर्वाद दिदैँ पठाएका छिमेकी भोटे दमाई दाईको घरमा पुगेर उनले खुसी साटेका हुन् । नेपाल प्रहरीको आइजीपी बनेको खुसीमा उनी भोटे दमाई दाईको घरमा पुगेर मिठाई खुवाएर खुसी साटेको बताएका छन् ।

कार्कीले भोटे दाईको घरमा पुगेर खुसी साट्दै गर्दा हातको टिका लगाएका थिए,टिका लगाउँदै गर्दा उनी भावुक बनेका थिए । दाईको हातको टिका लगाउँदा दशैमा लगाए जस्तो लाग्यो भन्दै कार्कीले आँशु  झारेका थिए । पछि रुमालले आँशु पुछ्दै सम्हालिएका थिए । कार्कीका बुवा र भोटे दाई दौतरी थिए ।  भोटे दमाईले सिलाएको झोला बोकेर काठमाडौं छिरेकाले यहाँसम्मको यात्रामा कहीँँ कतै उनको योगदान रहेको कार्कीले बताउँदै आएका छन् ।

कार्की कुल  पुजाको अवसरमा  बिहिवार गुल्मीको घमिर पुगेका थिए । उनले घमिर पुगेर आफुले पढेको विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए । कार्कीलाई अर्जै माध्यामिक विद्यालयले पनि सम्मान गरेको थियो । उनी अर्जै माध्यामिक विद्यालयका पुर्व विद्यार्थी हुन् । उनलाई  मालिका गाउँपालिका वडा नं ६को वडा कार्यालयले सम्मान तथा स्वागत गरेको थियो ।

0a01321a-69c2-4d56-88ba-9522f9bc1d27.jpg
undefined