काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीले सरकार प्रति असन्तुष्टि जनाएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको दाबी गरेका छन् ।
ओलीले पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री आफ्नो जिम्मेवारीभन्दा बाहिर गएको आरोप पनि लगाएका हुन् ।
प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्,प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्यो भनेर दबाब दिएको आरोप लगाएका छन् । उनले सरकारलाई आफूले पाएको जिम्मेवारीमा केन्द्रित हुन गरेका छन् ।