काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की को राजीनामा माग्दै मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ । ढुंगाना नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको हो ।
पछिल्लो समयमा ढुंगाना समूह प्रधानमन्त्री सँग असन्तुष्ट रहेको छ । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाउँदै अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै राजीनामा माग गरेका हुन्।
उनीहरूले अन्तरिम सरकार प्रमुखसँग दमनका घटनाको छानबिन र आन्दोलनका माग सम्बोधन गर्न आग्रह गर्दै राजीनामासमेत माग गरेका छन्।अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार र बालुवाटार दुबै स्थानमा पटक पटक प्रदर्शन गर्दै आएका छन्।