Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवारमा गगन थापा सिफारिस

रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवारमा गगन थापा सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई रोल्पाबाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले थापासँगै अन्य चार जनालाई पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो। लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार, रोल्पाबाट गगन थापा, अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ।