Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री कार्की र जेन जीका अगुवा गुरूङबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र जेन जीका अगुवा गुरूङबीच भेटवार्ता

कमाठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र जेनजीका अगुवा सुदन गुरूङबीच भेटवार्ता भएको छ । आज सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेको पाइएको हो ।

 यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो पनि गरेका हुन् ।  जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने  सुदनको भनाइ छ ।