काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्सले एनपीएल को दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । अब फाइनल प्रवेशका लागि लुम्बिनीले विराटनगर किंग्सको सामना गर्नेछ । पराजित काठमाण्डू प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न इलिमिनेटरमा काठमाण्डूले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य लुम्बिनीले १७।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि डार्शी शर्टले ३३, सन्दीप जोराले २३, कप्तान रोहितमुमार पौडेलले १८ र निरोशन डिकवेलाले १४ रन बनाए । काठमाण्डूका लागि सन्तोष यादवले दुई तथा सन्नी पटेल, शाहब आलम र कप्तान करण केसीले एक–एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाण्डू १९।१ ओभरमा १ सय ११ रनमै समेटिएको थियो । काठमाण्डूका लागि सन्तोष यादवले २३, मोहम्मद आदिल आलम र जोहन सिम्पसनले १८–१८ र भीम सार्कीले १४ रन बनाए ।
लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले तीन–तीन तथा रुबेन ट्रम्पलम्यानले दुई तथा अभिषेश गौतमले एक विकेट लिए ।