काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली बिच यतिबेला टकराव देखिएको छ । लामिछाने थुनामुक्त भएसँगै ओलीप्रति आक्रोश पोखिरहेका छन् । आज पनि लामिछानेले ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले एक अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए ।
‘केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ,’ उनले भने, ‘जीउमा किला ठोकेजस्तो भएको छ अन्य अदालतमा जाँदैछु हाँजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बिख शरीरभरि बाँकी नै छ ।’