Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्चमा नयाँ रिट

प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्चमा नयाँ रिट

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया अघि बढिरहेकै बेला त्यसलाई तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तथा माघ ६ गतेदेखि सुरु हुने प्रत्यक्षतर्फको मनोनयन दर्ता प्रक्रिया स्थगित गर्न माग गर्दै मंगलबार रिट दायर गरेका हुन्।

रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ। संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको असर पर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको दाबी रिट निवेदकले गरेका छन्।

निवेदनमा, मुद्दाको अन्तिम फैसला नआएसम्म संविधान र कानुनको मर्मविपरीत अघि बढाइएका निर्वाचनसम्बन्धी गतिविधि प्रथम दृष्टिमा असंवैधानिक र गैरकानुनी भएकाले ती कार्यक्रम तत्काल रद्द हुनुपर्ने माग गरिएको छ।