Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलमान घिसिङ नेतृत्वको  उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता

कुलमान घिसिङ नेतृत्वको  उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको  उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका हुन् । 

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकता भङ्ग भएसँगै समानुपातिकमा छुटेको छ । समानुपातिकमा छुटेको उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीमा १७ जनाको नाम समावेश गरी पार्टी एकीकरण भएको हो ।