काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा सहभागी हुने पक्का भएपछि उनले राजीनामा दिन लागेका हुन्।
खरेल अहिले राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन्। स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।
चुनावी प्रतिस्पर्धामा उत्रनका लागि उनले मन्त्री पद त्याग्न लागेका हुन्।