काठमाडौँ । अमेरिकाले अध्यागमन नियम उल्लंघन गरेका ८० जना नेपाली नागरिकलाई एकैपटक नेपाल फिर्ता पठाएको छ। मंगलबार चाटर्ड उडानमार्फत उनीहरू काठमाडौं आइपुगेका हुन्।
फिर्ता गरिएकामध्ये अधिकांश पुरुष छन् भने एक जना महिला रहेको अध्यागमन विभागले जनाएको छ। आवश्यक कागजात नहुनु, गैरकानुनी बसोबास र भिसा सर्त उल्लंघन गर्नु उनीहरू फर्काइनुको प्रमुख कारण रहेको अधिकारीहरू बताउँछन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार डिपोर्ट भएकामध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगे पनि समयमै नफर्कँदा ओभरस्टेका आधारमा निष्कासनमा परेका हुन्। अन्य धेरै व्यक्ति भने अवैध नेटवर्कमार्फत अमेरिका प्रवेश गरेको खुलेको छ।
ब्यूरोले केही व्यक्तिले अमेरिका पुग्न डेढ करोड रुपैयाँसम्म बुझाएको पाएको छ। फर्काइएका सबैसँग सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ र यदि कसैले गैरकानुनी रूपमा विदेश पठाएको प्रमाण भए उजुरी दिन आग्रह गरिएको छ