Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गगन र बालेन सँग सार्वजनिक बहस गर्न ओली तयार

गगन र बालेन सँग सार्वजनिक बहस गर्न ओली तयार

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रधानमन्त्रीका अन्य दावेदारहरूसँग सार्वजनिक बहस गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीका आकांक्षीहरूबीच खुला बहस हुनु आवश्यक रहेको बताएका हुन्।

सञ्चारकर्मीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग सार्वजनिक संवादका लागि तयार हो?  भनी सोधेको प्रश्नमा ओलीले सकारात्मक जवाफ दिए।