Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पत्रकार दिनेश सिटौला बिरामी परेपछि बालेन शाह सबै कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्किए

पत्रकार दिनेश सिटौला बिरामी परेपछि बालेन शाह सबै कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्किए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सबै कार्यक्रम स्थगित गरी काठमाडौं फर्किएका छन्। उनीसँगै सुदूरपश्चिम भ्रमणमा रहेका पत्रकार दिनेश सिटौला अछाममा एक्कासी बेहोस भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

सिटौलाको धापासीस्थित ग्रान्डी अस्पतालमा आईसियुमा राखेर उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनलाई ब्रेन ह्यामरेज भएको र हाल भेन्टिलेटरमा राखेर नसा तथा मुटुका विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

अछामका प्रहरी प्रमुख डीएसपी ओमप्रसाद खनालका अनुसार शुक्रबार बिहान करिब पौने १० बजेतिर गाडीबाट ओर्लने क्रममा ४३ वर्षीय सिटौला एकाएक लडेर बेहोस भएका थिए। नुवाकोटका स्थायी बासिन्दा सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत हुन्।

साथी गम्भीर अवस्थामा आईसियुमा भर्ना भएपछि आफू कार्यक्रम गर्न नसक्ने भन्दै बालेन शाह काठमाडौं फर्किएका हुन्। रास्वपा नेत्री बिनिता कठायतले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै बालेनले बाँकी सबै कार्यक्रम स्थगित गरेर राजधानी फर्किएको जानकारी दिएकी छन्। साथै केही दिनपछि हुम्ला, जुम्ला र डोल्पाका नागरिकहरूसँग साक्षात्कार गर्न बालेन पुनः कर्णाली फर्किने जानकारी पनि उनले दिएकी छन्।