Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पार्टीविरुद्ध काम गरेको आरोपमा झापाका पाँच कांग्रेस नेता निष्कासन सिफारिस

पार्टीविरुद्ध काम गरेको आरोपमा झापाका पाँच कांग्रेस नेता निष्कासन सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा पाँच जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।

जिल्ला कार्यसमितिका सदस्य ठमनाथ नेपाल र मुना भट्टराई तथा क्षेत्रीय प्रतिनिधि शम्भु खड्का, टेकनारायण संग्रौला र दिपेन्द्र थापाले केही समयदेखि पार्टीविरुद्ध गतिविधि गरेको पाइएपछि कारबाही प्रक्रिया सुरु गरिएको जनाइएको छ।

जिल्ला कार्यसमितिको फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ मा पार्टीले उठाएको उम्मेदवारविरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको निष्कर्ष निकालेको थियो। सोही आधारमा उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिएको हो।

जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले पार्टी अनुशासनविरुद्ध काम गर्नेहरूमाथि कारबाही गरिएको जानकारी दिएका छन्। साथै उक्त कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको पनि जनाइएको छ।

जिल्ला कार्यसमितिले पार्टीको नीति, अनुशासन र निर्णयको पालना गर्न सबै सदस्यलाई आग्रहसमेत गरेको छ।