Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

होर्मुजमा ५८ इरानी नौसेना जहाज र विस्फोटक पदार्थ बिछ्याउने डुंगा नष्ट गरेको ट्रम्पको दाबी

होर्मुजमा ५८ इरानी नौसेना जहाज र विस्फोटक पदार्थ बिछ्याउने डुंगा नष्ट गरेको ट्रम्पको दाबी

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका बीच होर्मुज जलमार्गलाई लिएर तनाव बढ्दै गएको छ । यसैबीच, वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाले इरानको नौसैनिक शक्तिमाथि ठूलो हमला गरेको दाबी गरेका छन् । 

ट्रम्पले अमेरिकी कारबाहीमा इरानका धेरै जहाज र बारुदी सुरुङ बिछ्याउने डुंगाहरू नष्ट गरिएको बताएका छन् । यो कदम वैश्विक समुद्री व्यापार र तेल आपूर्तिको सुरक्षाका लागि चालिएको उनको भनाइ छ ।

ट्रम्पले इरानविरुद्ध चलाइएको अभियानअन्तर्गत अमेरिकाले निर्णायक सैन्य कारबाही गरेको बताए । उनले यो कारबाही अपरेसन एपिक फ्युरी अन्तर्गत भइरहेको जानकारी दिए । 

तेल बोकेका जहाजहरूलाई क्षति पुर्‍याउन र समुद्री मार्गहरू अवरुद्ध गर्ने उद्देश्य इरानले समुद्रमा बारुदी सुरुङहरू बिछ्याउने तयारी गरिरहेको जानकारी पाएपछि अमेरिकी सेनाले कारबाही गरेको उनले बताए । अमेरिकी हमलामा इरानका धेरै ‘माइन’ बिछ्याउने जहाज र नौसैनिक पोतहरू नष्ट गरिएको ट्रम्पको दाबी छ । 

कति जहाज र डुंगाहरू नष्ट भए ?
ट्रम्पले अमेरिकी सेनाले हर्मोज क्षेत्रमा इरानका जम्मा ५८ नौसैनिक जहाजहरू नष्ट गरिदिएको बताए । यसबाहेक बारुदी सुरुङ बिछ्याउने कम्तीमा ३१ वटा डुंगाहरू पनि समाप्त पारिएको बताए । 

ट्रम्पले पछिल्लो ११ दिनको सैन्य कारबाहीमा इरानको सैन्य शक्तिलाई ठूलो धक्का लागेको दाबी गरेका छन् । उनका अनुसार इरानको वायुसेना लगभग समाप्त भइसकेको र उसका राडार प्रणालीहरू पनि नष्ट भएका छन् । 

उनले इरानको मिसाइल क्षमता करिब ९० प्रतिशत र ड्रोन क्षमता करिब ८५ प्रतिशत सम्म कमजोर भइसकेको बताए । ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानका हतियार बनाउने कारखानाहरूलाई पनि निशाना बनाइरहेको छ ।

तेल बजार र ऊर्जा सुरक्षामा असर 
ट्रम्पले पश्चिम एसियामा बढ्दो संघर्षका कारण वैश्विक तेल बजारमा अस्थिरता आएको र यसलाई मध्यनजर गर्दै ‘अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी’ले विश्वका विभिन्न देशहरूको रणनीतिक भण्डारबाट ४०० मिलियन ब्यारेल तेल जारी गर्न सहमति जनाएको बताए । 

ट्रम्पका अनुसार यसले तेलको मूल्य नियन्त्रण गर्न मद्दत पुग्नेछ र वैश्विक ऊर्जा आपूर्तिलाई स्थिर राख्न सकिनेछ ।

ट्रम्पले अमेरिकाले यो संघर्षलाई अधुरो नछाड्ने बताए । उनका अनुसार यदि, खतरालाई पूर्णरूपमा समाप्त नपारिए भविष्यमा फेरि यस्तै स्थिति पैदा हुन सक्न् बताए । उनले अमेरिकी सेनाले क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिरहने र समुद्री मार्गहरूलाई सुरक्षित बनाइराख्ने बताए । सीबीएस