Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनको मुल्यामा वृद्धि , चाँदी भने घट्यो

सुनको मुल्यामा वृद्धि , चाँदी भने घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्दा चाँदीको मूल्य भने घटेको छ, जसले बजारमा मिश्रित प्रवृत्ति देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने यही सुन ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने घटेर तोलाको ५ हजार २ सय ६५ रुपैयाँमा झरेको छ। आइतबार चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो।

यसरी सुनमा हल्का वृद्धि देखिए पनि चाँदीको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ।