काठमाडौँ । कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । फागुन २१ को चुनावमा लज्जास्पद हार भोगेपछि उनले राजीनामा दिएका हुन् । थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामाको पत्र बुझाएको भएपनि उक्त पत्र भने सार्वजनिक गरिएको छैन् ।
चैतको ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुने बताइएको छ । उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने भएको छ ।