काठमाडौँ । बिहीबार सुनको भाउ एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँले घट्दै बजारमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ।
अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन पछिल्ला केही सातादेखि निरन्तर ओरालो लागिरहेको छ। यसअघि माघ १५ गते सुनले हालसम्मकै उच्च रेकर्ड बनाउँदै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यसैबीच, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी बिहीबार १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा झरेको छ। चाँदीले पनि माघ १५ मै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ छोएको थियो।