काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेर उपभोक्तालाई केही राहत दिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १,६०० रुपैयाँले सस्तो भई २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने यही सुन २ लाख ७५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, सुनको विपरीत चाँदीको मूल्य भने उकालो लागेको छ। चाँदी प्रतितोला ८० रुपैयाँले बढेर आज ४ हजार ५०५ रुपैयाँ पुगेको छ।
यसरी एउटाको मूल्य घट्दा अर्कोको बढ्नुले बजारमा मिश्रित अवस्था देखिएको छ।