Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदी बजारमा गिरावट, एकैदिन उल्लेख्य मूल्य घट्यो

सुनचाँदी बजारमा गिरावट, एकैदिन उल्लेख्य मूल्य घट्यो

काठमाडौं । साताको अन्त्यतिर सुनचाँदी बजारमा मूल्य घट्दै उपभोक्तालाई केही राहत मिलेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको मूल्य घटेर २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ८५ हजार ६०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि घट्ने क्रममै देखिएको छ । आज चाँदी प्रतितोला १५० रुपैयाँले सस्तो हुँदै ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यसको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो ।

सुन र चाँदी दुवैको मूल्यमा आएको यो गिरावटले बजारमा चहलपहल बढ्ने अनुमान गरिएको छ ।