Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुवेत ट्यांकरमा लागेको आगो नियन्त्रणमा

कुवेत ट्यांकरमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतबाट चीनको छिङदाओ जाँदै गरेको तेल बोकेको ट्यांकर अल सल्मीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। दुबई मिडिया अफिसले मंगलबार पुष्टि गर्दै घटनामा कुनै मानवीय क्षति नभएको जनाएको छ।

करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको उक्त ट्यांकर कुवेत र साउदी अरेबियाबाट उत्रँदै गर्दा दुबई जलक्षेत्रमा क्षतिग्रस्त भएको थियो। आगलागीले जहाजको बाहिरी संरचनामा क्षति पुर्‍याएको छ भने सम्भावित तेल चुहावटको जोखिमबारे सतर्कता अपनाइएको छ।

आपतकालीन टोलीहरूले छिटो उद्धार र नियन्त्रण कार्य सञ्चालन गर्दै आगो निभाएका हुन्। जहाजमा रहेका सबै २४ चालकदल सदस्य सुरक्षित रहेको र कुनै घाइते नभएको जनाइएको छ।

यसैबीच, कुवेत पेट्रोलियम कर्पोरेसनले प्रारम्भिक रूपमा घटनाको कारण इरानी आक्रमण भएको दाबी गरेको छ। सोमबार साँझदेखि मंगलबार बिहानसम्म दुबई क्षेत्रमा ठूला विस्फोटजस्ता आवाज सुन्नमा आएका थिए। दुबई प्रशासनले अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यक कदम चालिरहेको बताएको छ।