Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदीको मूल्य उकालो लाग्दै, बजारमा निरन्तर वृद्धि

सुनचाँदीको मूल्य उकालो लाग्दै, बजारमा निरन्तर वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज फेरि उकालो समातेको छ। पछिल्ला दिनहरूमा निरन्तर वृद्धि देखिएको सुन आज प्रतितोला ७ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ९७ हजार ६०० पुगेको छ। त्यसैगरी चाँदीको मूल्य पनि १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा मूल्य वृद्धिको यो क्रम केही दिनयता निरन्तर जारी छ। हिजो मङ्गलबार सुन २ लाख ९० हजार २०० मा कारोबार भएको थियो भने चाँदी ४ हजार ८४५ मा सीमित थियो। सोमबार सुनको मूल्य २ लाख ८३ हजार ५०० र चाँदी ४ हजार ७०० थियो।

त्यसैगरी आइतबार पनि सुन २ लाख ८६ हजार र चाँदी ४ हजार ७२० मा कारोबार भएको देखिन्छ। यसरी हेर्दा केही दिनमै सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको स्पष्ट देखिन्छ, जसले बजारमा थप चासो र चर्चा बढाएको छ।