Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

औषधि मूल्य विवादमा ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन

औषधि मूल्य विवादमा ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौँ । औषधिको मूल्य वृद्धि सम्बन्धी विवादमा छानबिन अघि बढाउन सरकारले स्वास्थ्य मन्त्रालयलाई कडा निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औषधि मूल्य वृद्धि प्रक्रिया र सम्भावित अनियमितताबारे सात दिनभित्र प्रतिवेदन पेस गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको हो।

निर्देशन अनुसार औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संलग्नताबारे पनि विस्तृत छानबिन गर्न भनिएको छ।