Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नयाँ वर्षमै सुन–चाँदीको मूल्य उकालो

नयाँ वर्षमै सुन–चाँदीको मूल्य उकालो

काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भई आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ, जबकि हिजो ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।