Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सहकारी सुधार र बचत फिर्ता मोडालिटीमा मन्त्री रावलले चार्टर्ड एकाउन्टेन्टसँग छलफल

सहकारी सुधार र बचत फिर्ता मोडालिटीमा मन्त्री रावलले चार्टर्ड एकाउन्टेन्टसँग छलफल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान र बचत फिर्ता प्रक्रिया अघि बढाउने विषयमा चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छन्।

मन्त्रालयमा भएको छलफलमा सहकारी नियमन निकायका पदाधिकारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधिहरू सहभागी थिए। छलफलमा सहकारी क्षेत्रमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको कमजोरीबारे समीक्षा गरिएको थियो।

मन्त्री रावलले सहकारीलाई पारदर्शी र व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको प्राविधिक भूमिकाको आवश्यकता रहेको बताउँदै सुधार प्रक्रियामा सक्रिय सहयोग गर्न आग्रह गरिन्। साथै, बचतकर्ताको रकम फिर्ता गर्ने मोडालिटीबारे पनि सुझाव मागिएको थियो।

सहभागी चार्टर्ड एकाउन्टेन्टहरूले सहकारी क्षेत्र सुधारका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।