Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकारका गतिविधि अलोकतान्त्रिक रहेको विश्वप्रकाश शर्माको आरोप

सरकारका गतिविधि अलोकतान्त्रिक रहेको विश्वप्रकाश शर्माको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार लोकतान्त्रिक प्रक्रियाबाट बने पनि गतिविधि भने अलोकतान्त्रिक दिशातर्फ गएको आरोप लगाएका छन्।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले अध्यादेशमार्फत शासन चलाउन खोज्नु र सुकुम्बासीमाथि दमन शैली अपनाउनु लोकतान्त्रिक मूल्यविपरीत भएको बताए।

शर्माले नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले सरकारका सकारात्मक कामलाई समर्थन गर्ने तर जनविरोधी गतिविधिमा खबरदारी गर्न नछोड्ने स्पष्ट पारे। उनले चुनावी हारले कांग्रेस कमजोर नहुने भन्दै लोकतन्त्र र यसको संस्थागत विकासमा पार्टीले कुनै सम्झौता नगर्ने बताए।

उनले पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी एकताबद्ध कांग्रेस निर्माणका लागि सबै पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी पनि दिए।