Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राहत शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको माग

राहत शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको माग

काठमाडौँ । महावीर पुनले माध्यमिक तहमा शिक्षक दरबन्दी वृद्धि नगर्दा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै राहत शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले २०५६ सालयता माध्यमिक शिक्षामा नयाँ शिक्षक दरबन्दी थप नभएको उल्लेख गरे। हाल करिब ४५ हजार शिक्षक राहत कोटामार्फत कार्यरत रहेको भन्दै उनीहरूको भविष्य अस्थिर हुँदा शिक्षण गुणस्तरमा समेत असर परेको उनको भनाइ थियो।

पुनका अनुसार अस्थायी अवस्थामै काम गरिरहेका शिक्षकहरू जीविकोपार्जनका लागि अन्य विकल्प खोज्न बाध्य हुने भएकाले उनीहरूलाई स्थायी संरचनामा समेट्न आवश्यक छ।

सांसद पुनले संसद्मा आफूलाई अझै सिकाइको चरणमा रहेको उल्लेख गर्दै विभिन्न सांसदबाट धेरै कुरा सिक्न पाएको अनुभव पनि साझा गरेका छन्।