Shares
Shares
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई भियतनाममा उनकी श्रीमती ब्रिजिट म्याक्रोनले इरानी मूलकी अभिनेत्रीका कारण थप्पड हानेको खुलासा भएको छ।
न्युयोर्क पोस्टका अनुसार यो दाबी फ्रान्सेली पत्रकार फ्लोरियन टार्डिफले आफ्नो नयाँ पुस्तक ‘एन (अल्मोस्ट) पर्फेक्ट कपल’ मा गरेका हुन्।
बुधबार प्रकाशित पुस्तकमा भनिएको छ, ‘यो विवाद इरानी मूलकी अभिनेत्री गोलसिफ्ते फराहानी र राष्ट्रपति म्याक्रोनबिच भएको च्याट कुराकानीबाट उत्पन्न भएको थियो।’
रिपोर्टअनुसार ‘राष्ट्रपति म्याक्रोनले अभिनेत्रीलाई सन्देश पठाउने गर्थे। एउटा सन्देशमा उनले लेखेका थिए- मलाई तिमी धेरै सुन्दर लाग्छ।’
फ्रान्सेली मिडिया रिपोर्टअनुसार ‘म्याक्रोन र फराहानीबिच धेरै महिनादेखि 'प्लेटोनिक रिलेसनसप' (साथीको सम्बन्ध) थियो। यद्यपि यो सम्बन्ध भावनात्मक र व्यक्तिगत कुराकानीमा सीमित थियो।’
म्याक्रोन गत वर्ष मे २५ मा भियतनाम पुगेका थिए, त्यस क्रममा उनकी श्रीमतीले हनोईको नोई बाई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई थप्पड हानेकी थिइन्।
तर ब्रिजिट म्याक्रोनको टोलीले उक्त दाबीलाई अस्वीकार गरेको छ।
नका प्रतिनिधिले भनेका छन्, ‘ब्रिजिटले कहिल्यै आफ्नो पतिको मोबाइल फोन हिर्दिनन् र पुस्तकको सामग्री सत्य होइन।’
अर्कातर्फ अभिनेत्री गोलसिफ्ते फराहानीले यसअघि नै राष्ट्रपति म्याक्रोनसँगको सम्बन्धको रिपोर्ट झुटो भएको बताइसकेकी छन्।
गत मार्चमा एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘केही मानिस प्रेमको कमीका कारण यस्ता कथा बुन्छन्।’
इरानको राजधानी तेहरानमा जन्मिएकी फराहानी ‘पाइरेट्स अफ द क्यारिबियन: डेड मेन टेल नो टेल्स’जस्ता ठुला हलिउड फिल्ममा पनि देखिएकी छन्।
पुस्तकका अनुसार गत वर्ष मे महिनामा म्याक्रोन दम्पती भियतनामको राजधानी हनोई आइपुग्दा ब्रिजिट म्याक्रोनले विमानबाट उड्नुभन्दा केही समयअघि आफ्नो पतिको फोनमा एक अभिनेत्रीको सन्देश देखिन्। जसले दुईजनाबिच विवाद निम्त्यायो।
त्यसबेला क्यामेराहरूले एउटा भिडिओ रेकर्ड गरे, जसमा ब्रिजिट म्याक्रोनले आफ्ना पतिलाई थप्पड हानेको देखिन्छ। भिडिओ चाँडै सामाजिक सञ्जालमा भाइरल भयो र विश्वव्यापी रूपमा चर्चा भयो।
पत्रकार फ्लोरियन टार्डिफले भनेका छन्, ‘अभिनेत्रीको सन्देशले दम्पतीमा तनाव निम्त्यायो र यो द्वन्द्व पछि सार्वजनिक भयो।’
पुस्तकमा एक साथीलाई उद्धृत गर्दै भनिएको छ, ‘ब्रिजिट म्याक्रोनले आफ्नो स्थान बिस्तारै घट्दै गएको महसुस गरिन्।’
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209