Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ललितपुरका सम्पदा चोरी भइरहेको भन्दै सांसद खरेलको चिन्ता

ललितपुरका सम्पदा चोरी भइरहेको भन्दै सांसद खरेलको चिन्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै संसदमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सम्पदाले भरिएको ललितपुरमा अहिले “भगवानले हाम्रो रक्षा गर्ने होइन, हामीले भगवानको रक्षा गर्नुपर्ने अवस्था” आएको बताए ।

ललितपुर क्षेत्र नं. २ का सांसद खरेलले प्राचीन मूर्ति हराउने, हिटीहरू नष्ट हुने तथा सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गरे । उनले कतिपय सम्पदास्थलमा उत्खनन आवश्यक रहेको पनि बताए ।

खरेलले विशेषगरी १६०० वर्ष पुरानो रातो मछिन्द्रनाथ जात्रामा प्रयोग हुने ‘हिटी मंग’ हराएको विषय उठाएका थिए । उनका अनुसार करिब ९० किलो तौल र नौ फिट लामो उक्त संरचना जात्रामा ‘धोमा’को दायाँ–बायाँ राखिने गरिन्थ्यो ।

उनले ‘हिटी मंग’ हराएको भए पनि यसको अवस्थाबारे कुनै जानकारी नभएको भन्दै सम्पदा संरक्षणमा राज्य गम्भीर हुनुपर्ने माग गरेका छन् ।