Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ट्रम्पजस्तै देखिने ‘सेतो भैंसी’ लाई ढाका चिडियाखानामा संरक्षण

ट्रम्पजस्तै देखिने ‘सेतो भैंसी’ लाई ढाका चिडियाखानामा संरक्षण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनुहार र कपालको शैली मिलेको भन्दै चर्चामा आएको बंगलादेशको दुर्लभ अल्बिनो भैंसीलाई संरक्षणका लागि ढाका चिडियाखानामा राखिएको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त सेतो भैंसीलाई इद–उल–अधामा कुर्बानी दिनबाट जोगाएर विशेष निगरानीसहित चिडियाखानामा सारिएको हो।

ढाका चिडियाखानाका निर्देशक रफिकुल इस्लाम तालुकदारका अनुसार भैंसीलाई अहिले क्वारेन्टाइनमा राखिएको छ र पर्यटकलाई नजिक जान अनुमति दिइएको छैन।

नारायणगञ्जस्थित एक एग्रो फार्ममा हुर्काइएको यो भैंसी ट्रम्पसँग मिल्दोजुल्दो कपाल र अनुहारका कारण स्थानीयदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म चर्चामा आएको थियो। त्यसपछि बंगलादेश सरकारले यसलाई विशेष प्रजाति भन्दै संरक्षण गर्ने निर्णय गरेको हो।