काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले India Nepal Startup Partnership Network (IN-SPAN) कार्यक्रमको दोस्रो समूह सुरु भएको घोषणा गरेको छ। यस पटक २५ नेपाली स्टार्टअपहरू कार्यक्रममा सहभागी भएका छन्।
यी स्टार्टअपहरू आर्टिफिसियल इन्टेलिजेन्स, बायोटेक, क्लिनटेक, फिनटेक, हेल्थटेक, एग्रिटेक, ई–कमर्स, मोबिलिटी, म्यानुफ्याक्चरिङ, कन्स्ट्रक्सन टेक, एफएमसीजी, एरोस्पेस, आइओटी र SaaS लगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।
कार्यक्रमको उद्घाटन IITM Pravartak मा गरिएको थियो, जहाँ IIT मद्रासका प्राध्यापक तथा IITM Pravartak का सीईओ एम. जे. शंकर रामन पनि उपस्थित थिए। कार्यक्रममा भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले अनलाइनमार्फत सम्बोधन गर्दै सहभागी स्टार्टअपहरूलाई भारतको स्टार्टअप इकोसिस्टमसँग सहकार्य गर्न प्रोत्साहित गरेका थिए।
आगामी आठ हप्तासम्म सहभागी स्टार्टअपहरूले उद्यमशीलता तालिम, एआई सीप विकास, लगानी प्रस्तुति, तथा भारतीय स्टार्टअपहरूसँग नेटवर्किङ र इन्टर्नशिप कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।