Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुधन गुरुङ पुनः गृहमन्त्री, महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी

सुधन गुरुङ पुनः गृहमन्त्री, महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। गुरुङले आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

यसअघि चैत १३ गते गृहमन्त्री बनेका गुरुङले सम्पत्ति विवरणसम्बन्धी विवादपछि पदबाट राजीनामा दिएका थिए। उक्त विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गरेको थियो।

समितिले शुक्रबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो। मन्त्रिपरिषद्को आजको बैठकले उक्त प्रतिवेदन ग्रहण गरेपछि गुरुङलाई पुनः गृहमन्त्रीमा सिफारिस गरिएको हो।

यसैबीच, प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका छन्। पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।