Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

चार महिनाअघि मारिएका इरानका सर्वाेच्च कमान्डर खामेनीको अन्त्येष्टि तयारी

चार महिनाअघि मारिएका इरानका सर्वाेच्च कमान्डर खामेनीको अन्त्येष्टि तयारी

काठमाडौँ ।  अमेरिका-इजरायलको आक्रमणमा चार महिनाअघि मारिएका इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि तयारी बल्ल गरिँदै छ।

इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनाको १०औँ दिनपछि अर्थात् यही जुन २५ वा २६ तारिखमा खामेनीको अन्तिम संस्कार गरिने सम्भावना छ। 

उनको शवयात्रा इरानको उत्तरपूर्वी क्षेत्रको तेहरान, कोम र त्यसपछि मसहदमा गर्ने तयारी छ।

मसहद खमेनीको जन्मस्थान हो, जहाँ उनको शव गाडिनेछ।

युद्धबाट उत्पन्न सुरक्षा चिन्ताका कारण खमेनीको अन्त्येष्टि धेरै पटक स्थगन गरिएको छ।

अयातोल्लाह अली खामेनीको फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको आक्रमणमा मारिएका थिए। 

यसपछि उनका छोरा मोज्तबा खामेनीलाई मार्चदेखि इरानको सर्वोच्च नेता बनाइएको छ।