Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

मन्त्री महावीर पुनले नयाँ मन्त्रालयको कार्ययोजनाका लागि मागे सुझाव

मन्त्री महावीर पुनले नयाँ मन्त्रालयको कार्ययोजनाका लागि मागे सुझाव

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवगठित मन्त्रालयको कार्ययोजना तयार पार्न सर्वसाधारण, अनुसन्धानकर्ता, वैज्ञानिक र नवप्रवर्तकसँग सुझाव मागेका छन्।

बुधबार बिहान फेसबुकमार्फत उनले नवीन सोच र ठोस योजना भएका सबैलाई लिखित प्रस्ताव मन्त्रालयको वेबसाइटमार्फत पेश गर्न आग्रह गरेका हुन्। बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म मन्त्रालयमा प्रत्यक्ष भेटेर पनि आफ्ना विचार प्रस्तुत गर्न सकिने उनले उल्लेख गरेका छन्।

'सृजनशील नवप्रवर्तक, अनुसन्धानकर्ता र वैज्ञानिकहरूलाई ठोस आइडियासहित स्वागत छ। उत्तम आइडिया र जाँगर भएकाले अवसरबाट वञ्चित हुन नपरोस्,' भन्दै मन्त्री पुनले सबै सुझावलाई कार्ययोजनामा समेट्ने प्रतिबद्धता जनाएका छन्।