Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

काठमाडौँ । धान खेतीका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले साउनभित्र करिब २ लाख १० हजार मेट्रिक टन मल नेपाल भित्र्याउने तयारी गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार भारतसँगको सरकार–सरकार (जीटूजी) सम्झौता र अन्तर्राष्ट्रिय टेन्डरमार्फत मल आयात प्रक्रिया तीव्र पारिएको हो।

भारतसँगको सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया मल साउन दोस्रो सातासम्म नेपाल आइपुग्नेछ। यस्तै, ग्लोबल टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन मलमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया साउनको पहिलो सातासम्म ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

ओमान, कतार, साउदी अरेबिया र भियतनामबाट समेत युरिया र डीएपी मल ढुवानी भइरहेको मन्त्रालयले जनाएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा चुनौती रहे पनि किसानलाई मल अभाव हुन नदिन आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मन्त्रालयको भनाइ छ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा वितरण गर्ने लक्ष्य राखिएको छ। साथै, मल वितरणलाई पारदर्शी बनाउन अनलाइन अभिलेख अद्यावधिक गर्न निर्देशन दिइएको र कालोबजारी वा अनियमितता भए हटलाइन नम्बर **९७०००९९११३** वा क्यूआर कोडमार्फत उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ।